Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटाको हिलेमा माघे सङ्क्रान्ति पर्वको रौनक

धनकुटा नगरका मगर समुदायले पहिलो पटक देखाए भेषाभूषा सहितको साँस्कृतिक ¥याली

  •   ३ वर्ष अघि | २ माघ २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खखर सम्वाददाता 

धनकुटा/धनकुटाको हिलेमा पहिलो पटक ५०१७ औं माघे सङ्क्रान्ति पर्वको अवसरमा वृहत ¥याली सहितको साँस्कृतिक कार्यक्रम सोमवार सम्पन्न भएको छ । 

नेपाल मगर संघ नगर समिति धनकुटाको आयोजना र एकिकृत मगर समाज हिलेको सह–आयोजनामा पहिलो पटक हिले वजारमा वृहत ¥याली सहित भव्य रुपमा विविध मौलिक साँस्कृतिक झाँकीमा माघी पर्व सम्पन्न भएको हो । 

नेपाल मगर संघ १ नम्वर प्रदेश समितिका अध्यक्ष तेजकुमार आले मगरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई सम्वोधन गर्दै विशेष अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले माघी पर्वको अवसरमा शुभकामना दिए । उनले भने–‘हरेक जातिको भाषा, संस्कार संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सके मात्र भोलीको दिनमा त्यो जातिको अस्तित्व र पहिचानलाई जोगाउन सकिन्छ ।’

कार्यक्रमका विशेष अतिथि धनकुटा नगर प्रमुख चिन्तन तामाङले माघी पर्वको अवसरमा शुभकामना दिदै भने–‘नेपालको तेश्रो जनसंख्या भएको मगर जातिहरुको माघी पर्व राष्ट्रिय पर्वको रुपमा विकास भएको छ ।’ तामाङले थपे–‘पहिले पहिले मगर र थारु जतिले मात्र माघी पर्व मनाउँथे हिजोआज आएर देशकै सवै जातजातिले मनाउने साझाँ पर्वको रुपमा विकास भएको छ ।’ उनले भने–‘मगर भाषा, संस्कार, संस्कृति र भेषाभूषा नेपालमा मात्र पाईन्छ, त्यसैले यो हाम्रो सम्पति त हुँदै हो, विश्वको सम्पदा पनि हो र सम्पति पनि हो ।’ यस्लाई जोगाउन नेपाल मगर संघ नगर समिति धनकुटा लागी परेको भन्दै नगर प्रमुख तामाङले खुशी व्यक्त गरे । 

माघी, ल्होछार, चासोक तङ्गनाम, उधौली जस्ता कार्यक्रमले भाषा, संस्कार, संस्कृति जोगाउन त सहयोग गर्छ नै त्यसको अलभा आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने र आर्थिक समृद्धि हुने आशा नगर प्रमुख तामाङले गरेका छन् । उनले सो अवसरमा नेपालका प्रथम सहिद लखन थापा मगरको समेत सम्झना गरेका छन् । तामाङले भने–‘तिनै प्रथम सहिद लखन थापाको सम्मानका खातिर हामीले धनकुटा–१ हिलेमा लखन थापाको सालिक बनाएका छौं ।’ अन्त्यमा उनले आज जातिको रुपमा मगर जाति विकास भै सकेकाले अब यो देशमा राष्ट्रको रुपमा अघि वढ्न सकोस भन्दै शुभकामना दिए ।

नेपाल मगर संघ नगर समिति धनकुटाका अध्यक्ष अमृत राना मगरको अध्यक्षतामा सम्पन्न शुभकामना आदन प्रदान तथा विविध साँस्कृतिक कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सल्लाहकार सोम राना मगर, नेपाल मगर वौद्ध सेवा समाज केन्द्रिय प्रशिक्षण विभाग प्रमुख निम वहादुर राना मगर, प्रदेश सदस्य इन्द्र लुङ्गृली मगर, हिले वजार व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङ्गवा तामाङ, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश समितिका अध्यक्ष सन्तवीर लामा, वडा नं.१ वडा सदस्य सुवास राना मगर, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष पेमा लामा लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रम आयोजना हुनु पुर्व हिले वजारमा मगर समुदायले आफ्नै भेषाभूषा लगाएर मौलिक साँस्कृतिक झाँकी सहितको भव्य ¥याली निकाले थिए । ¥यालीमा हजारौंको संख्यामा मगर समुदायका दाजुभाई तथा दिदिवहिनीहरुको सहभागिता रहेको थियो । साँझमा लोकप्रिय राष्ट्रिय वरिष्ठ लोक गायक सम्भू राईको साँगितिक प्रश्तुती समेत रहेको थियो । कार्यक्रमको संचालन नगर सचिव गोविन्द सिजाली मगरले गरेका थिए ।

हेर्नुहोस फोटो फिचर :


  • Dhankutapress

थप