धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिका वडा नं.६ सिरान वजारमा रहेको १ सय ७५ वर्ष पूरानो राधाकृष्ण मन्दिर घर भत्काउने क्रममा ढलेकोे छ ।
मन्दिर नजिकैको रोशन ट्रेडिङका मनोहर श्रेष्ठले पक्कि घर वनाउने क्रममा राधाकृष्ण मन्दिरको जग खल्वलिएर मन्दिर ढलेको हो । आज भन्दा १ सय ७५ वर्ष पहिले स्थानिय नेवार समुदायको अगुवा स्वर्गिय मदनमान जोशीले कृष्णजी थान नामको मन्दिर निर्माण गरेको धनकुटा वहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख एवं समाजसेवी नारयण जोशीले बताए । उक्त मन्दिरमा उनका छोरा मनोज जोशि पुजारी थिए ।

कृष्णजी मन्दिर जिर्ण भएपछि ०५८ सालमा ३ लाख, ५८ हजार रुपयाँ खर्च गरेर पुनःनिर्माण भएपछि राधाकृष्ण मन्दिर नामकरण गरिएको थियो । नेवारी समुदायमा कृष्ण, भिमसेन र गणेशलाई इष्टदेबको रुपमा मान्ने चलन रहेको जोशिले बताए । उक्त मन्दिर वि.सं.०५८ सालमा आफ्नै संयोजकत्वमा कृष्णजी मन्दिरको पुनःनिर्माण गरी राधाकृष्ण मन्दिरको नामकरण गरिएको जोशीले बताए ।
मन्दिर फेरी घर वनाउने क्रममा ढलेपछि पुनःनिर्माणको लागी युवा व्यवासायी एवं समाजसेवी पुरेन्द्रलाल श्रेष्ठको संयोजकत्वमा ५ सदस्सीय नयाँ समिति निर्माण गरिएको छ । समितिको सदस्यहरुमा राजेशलाल श्रेष्ठ, रुपेश श्रेष्ठ, नरेश श्रेष्ठ र रोशन श्रेष्ठ (मनोहर) लाई चयन गरिएको पुर्व क्याम्पस प्रमुख जोशीले बताएका छन् । धनकुटा वजारको विभिन्न चोकमा १ सय ५० वर्ष भन्दा पुराना कृष्ण, गणेश, भिमसेन, नाशल, काली, शिव मन्दिर एक दर्जन भन्दा वढी रहेका छन् ।
- dhankutapress