Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

तामाङ नाम्सा शेर्गेमा गुम्बा निर्माण तथा बुद्ध मूर्ति प्रतिष्ठापन

  •   ४ वर्ष अघि | ३ माघ २०७९, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता 

सेर्गे, भेडेटार/२८५९ औँ सोनाम ल्होछारको अवसर पारेर धरान उपमहानगरपालिका वडा नं.४ स्थित तामाङ नाम्सा शेर्गेमा बुद्ध मूर्ति प्रतिष्ठापन र गुम्बा निर्माण गरिएको छ । 

तामाङहरूको मात्र बस्ती रहेको शेर्गेमा पहिलो पटक बुद्ध मूर्ति प्रतिष्ठापन र ट्रस्टको गुम्बा निर्माण गरिएको हो । नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङको संयोजकत्वमा सम्पन्न भएको बुद्ध मूर्ति निर्माण, प्रतिष्ठापन र गुम्बा निर्माण कार्यको समुद्घाटन प्रमुख अतिथि समेत रहेका नेपाल तामाङ घेदुङका वरिष्ठ केन्द्रीय उपाध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय उप–महासचिव रामकृष्ण ब्लोन तामाङले गरेका थिए ।

२८५९ औँ सोनाम ल्होछार शुभकामना आदान–प्रदान तथा बुद्ध मूर्ति प्रतिष्ठापन समारोहको आयोजना गरी गरिएको कार्यक्रममा प्रदेश नं. १ का नवनिर्वाचित प्रदेशसभा सदस्य ममता योञ्जन तामाङ, धरान ४ न. वडाका सदस्य मिना घिसिङ तामाङ र जग्गादाता रामबहादुर घिसिङ तामाङ र फुलमाया योञ्जन तामाङलाई सम्मान समेत गरिएको थियो । उनीहरूलाई प्रमुख अतिथि रामकृष्ण ब्लोन तामाङ, घेदुङका १ नं. प्रदेश अध्यक्ष रेखबहादुर घिसिङ तामाङ र कार्यक्रम संयोजक सुजेन्द्र गोले तामाङले सम्मान–पत्र र खदाले सम्मान गरेका थिए ।

कार्यक्रमका बिच टङ्क घिसिङ तामाङको अध्यक्षतामा तामाङ नाम्सा शेर्गे गाउँ सुधार समिति समेत गठन गरिएको छ । समितिको उपाध्यक्षमा तारा बहादुर घिसिङ तामाङ, सचिवमा सुमन घिसिङ तामाङ, कोषाध्यक्षमा फुलमाया योञ्जन तामाङ, सदस्यहरूमा रामबहादुर घिसिङ तामाङ, , मिठु घिसिङ तामाङ, मनिकुमारी तामाङ र सल्लाहकारमा विर्खबहादुर घिसिङ तामाङ रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि रामकृष्ण ब्लोन तामाङ, प्रदेशसभा सदस्य मा. ममता योञ्जन तामाङ, नेपाल तामाङ घेदुङका १ नं. प्रदेश अध्यक्ष रेखबहादुर घिसिङ तामाङ, पूर्व १ नं. प्रदेश अध्यक्ष तथा प्रमुख सल्लाहकार मित्रसेन योञ्जन तामाङ, तामाङ पत्रकार सङ्घका पर्व १ नं. प्रदेशका पुर्व अध्यक्ष तथा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का १ नं.प्रदेश अध्यक्ष सन्तवीर लामा, नेपाल तामाङ घेदुङ सुनसरी उपाध्यक्ष पृथ्वीराज मोक्तान तामा, कतार घेदुङका पूर्व अध्यक्ष एवम् प्रमुख सल्लाहकार योगेन्द्र ल्हो तामाङ, घिसिङ समाजका नेता ध्रुव घिसिङ तामाङ लगायतले मन्तव्य राखेका थिए । 

वक्ताहरूले सोनाम ल्होसारको महत्त्व, बौद्ध धर्मको संरक्षण तथा तामाङ पहिचान, अस्तित्व र अधिकारका बारेमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन नेपाल तामाङ घेदुङका सुनसरी सचिव मङ्गलसिंह मोक्तान तामाङले गरेका थिए भने स्वागत मन्तव्य वडा सदस्य मिना घिसिङ तामाङले गरेकी थिइन ।

  • Dhankutapress

थप