Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

ताम्वा संघ नेपाल धनकुटाको अध्यक्षमा पुनः हरिलाल मोक्तान

ताम्बाहरु तामाङ समाजका साँस्कृतिक धरोहर

  •   ४ वर्ष अघि | २ असोज २०७९, आइतवार

धनकुटा प्रेस सम्वाददाता

हिले/ताम्वा संघ नेपाल धनकुटाको दोश्रो जिल्ला अधिवेशनले हरिलाल मोक्तान तामाङलाई पुनः संघको धनकुटा जिल्ला अध्यक्षमा चयन गरेको छ । 

जिल्ला समन्वय समिति धनकुटाका प्रमुख एवं नेपाल तामाङ घेदुङ १ नम्वर प्रदेश समितिका निवर्तमान प्रदेश सचिव निरेन तामाङको प्रमुख आतिथ्यमा आइतवार सम्पन्न संघको १० औं स्थापना दिवशको अवसरमा आयोजित दोश्रो जिल्ला भेलाले मोक्तानलाई पुनः अध्यक्षमा चयन गरेको हो ।

 संघको उपाध्यक्षमा वृर्ष वहादुर योन्जन तामाङ, सचिवमा वसन्तकुमार घिसिङ, सह–सचिवमा विनोद थिङ तामाङ र कोषाध्यक्षमा युवती वम्जन तामाङलाई सर्वसम्वत ढंगले चयन गरिएको छ । 

त्यसैगरि संघको १९ सदस्सीय जिल्ला समितिको सदस्यहरुमा ववि घिसिङ तामाङ, रामवहादुर योज्जन तामाङ, अनीता लो तामाङ, योगेन्द्र मोक्तान तामाङ, चन्द्र वहादुर ब्लोन तामाङ, मीना योन्जन तामाङ, सनमान गोले तामाङ, सेतुलाल मोक्तान तामाङ, दिलवहादुर घिसिङ तामाङ, उत्तरचन्द्र घिसिङ तामाङ, बलवहादुर घिसिङ तामाङ, हेम वहादुर योन्जन तामाङ, बालकुमारी घिसिङ, सेतुलाल तितुङ तामाङ रहेका छन् । 

दोश्रो जिल्ला भेला तथा दशौं स्थापना दिवश कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले तामाङ समाजमा ताम्वाहरु भनेको संस्कृतिको धरोहर भएको बताए । उनले ताम्वाहरुले मात्र तामाङ जातिको भाषा, कला, संस्कार, संस्कृतिको संरक्षण, सम्वद्र्धन र नयाँ पुस्तालाई हस्तान्तरण गर्न र तामाङ समाजलाई डो¥याउन सक्ने वताए । प्रमुख तामाङले नवनिर्वाचित ताम्वा संघका पदाधिकारी एवं सदस्यहरुलाई कार्यकालको पूर्ण सफलताको शुभकामना दिदै वधाई समेत ज्ञापन गरे । नवनिर्वाचित संघका पदाधिकारी एवं सदस्यहरुलाई संघका संघिय समिति सदस्य पेमा कुमारी लामाले पद तथा गोपनियताको सफत ग्रहण गराएका थिए ।

संघका जिल्ला अध्यक्ष हरिलाल मोक्तान तामाङको अध्यक्षतामा सम्पन्न उद्धघाटन सत्रमा नेपाल तामाङ घेदुङका संघिय समिति सदस्य विष्णु मोक्तान तामाङ, संघिय समिति सदस्य पेमा कुमारी लामा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं.१ का अध्यक्ष एवं निवर्तमान जिल्ला सचिव सन्तवीर मोक्तान तामाङ, निर्वतमान जिल्ला अध्यक्ष सिताराम थिङ तामाङ, लोकतान्त्रिक तामाङ संघका धनकुटा अध्यक्ष यज्ञ घिसिङ तामाङ लगायतले नवनिर्वाचित सम्पुर्ण पदाधिकारी एवं सदस्यहरुलाई वधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

भेलामा महालक्ष्मी नगरपालिकाबाट दुर्गा वहादुर लोप्चन तामाङ, छथरजोरपाटीबाट बीर वहादुर घिसिङ तामाङ, पाख्रीवास मुगाबाट चन्द्र वहादुर ब्लोन तामाङ, पाख्रीवास–९ का ताम्वा संघ वडा समितिका अध्यक्ष दिलवहादुर घिसिङ तामाङ, म्हानिपा घेदुङको तर्फबाट नुनूमाया वम्जन तामाङ, धनपा–६ बाट बवि घिसिङ्ग तामाङ र धनपा–९ बेलहराबाट पालाङ दोर्जे तामाङले संघको पालिका स्तर र वडा तहमा भएका गतिविधिहरु प्रतिवेदनको रुपमा प्रश्तुत् गरेका थिए । कार्यक्रमको संचालन तामाङ घेदुङ जिल्ला समिति धनकुटाका कोषाध्यक्ष एवं पत्रकार मानवी मोक्तानले गरेकी थिईन ।  


  • Dhankutapress

थप