धनकुटा प्रेस अनलाईन
धनकुटा/नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, धनकुटाले पुर्वि पृतना हेड क्वाटर इटहरीका पृतनापति उपरथी आश बहादुर तामाङ्ग (पिएच.डी.) लाई सोमवार हिलेमा सम्मान गरेको छ ।
घेदुङले हिले स्थित् हिमाली वौद्ध पाठशालाको स्थानिय व्यवस्थापनमा थुप्तेन देक्षेन छ्योलिङ गुम्वामा लामा गुरुहरुले मलमपाठ गरेर उपरथी भएपछि पहिलो पटक हिले आईपुगेका पृतनापति तामाङलाई विशेष सम्मान गरेको हो । सो अवसरमा पृतनापति तामाङले वौद्ध गुम्वाको परिक्रमा गरेका थिए । साथै, उनले वौद्ध लामागुरुहरुले अष्टमंगलपाठ गरेपश्चात शान्तिद्धिप प्रज्वलन गर्दै शिरको टोपी निकालेर साङ्गे कोनज्योसोमको दर्शन गरेका थिए । पृतनापति तामाङले शान्तिद्धिप समेत प्रज्वलन गरेका थिए । तत्पश्चात तामाङलाई गुम्वाका प्रमुख लामा गुरु फूर्वा छिरिङ लामा र जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले खदा लगाएर स्वागत सम्मान गरेका थिए ।
त्यसैगरी धनकुटा नगरपालिका वडा नं.१ का वडाध्यक्ष ओङदा थिङ तामाङ, घेदुङका संघीय सदस्य विष्णु मोक्तान, जिल्ला अध्यक्ष पेमा लामा, उद्योग वणिज्य संघ धनकुटाका पुर्व अध्यक्ष एवं हिले वजार व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङ्गवा तामाङ, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का १ नम्वर प्रदेश अध्यक्ष सन्तवीर लामा, फोनिज धनकुटाकी उपाध्यक्ष एवं संचारकर्मी मानवी मोक्तान तामाङ, पुर्व जिल्ला घेदुङका अध्यक्ष सीताराम थिङ तामाङ, निवर्तमान घेदुङ धनकुटाका सचिव फूर्वा घिसिङ लगायतले खदा लगाएर पृतनापति तामाङलाई भव्य सम्मान गरेका थिए ।
सम्मान ग्रहण गर्दै कार्यक्रमका प्रमुख अतिथि उपरथी तामाङले भने–‘मान्छे सामाजिक प्राणी भएकाले समाजमा मेरो गोरुको वाह्रै टक्का नभनी सवैसंग मिलेर बस्नु पर्छ ।’ उनले आफ्नो समूदायको राम्रो कुरालाई संरक्षण गर्दै नराम्रो कुरालाई सुधार गर्दै लानु पर्नेमा जोड दिए । मैले पहिलो पटक जीवनमा यति ठूलो तोङवा धनकुटाको हिलेमा देखे भन्दै उपरथी तामाङले भने–‘लाग्छ मलाई यहाँ तोङ्गवा खाने मान्छे धेरै छन् ।’ उनले संस्कार संस्कृतिको संरक्षण गर्नु राम्रो पक्ष भएको बताउँदै तामाङले थपे–‘संस्कृतिको नाममा विकृति नआवस ।’
तोङ्गवा खानु आफैमा नराम्रो कुरा हैन, तर, कस्ले कति खेर खाने भन्ने हुन सक्छ भन्दै उनले भने–‘तर म भने कहिल्यै मादक पदार्थ सेवन गर्दिन ।’ उनले आफ्नो जीवनमा दोश्रो पटक हिले आउने क्रममा आफ्नो समुदायबाट जातभाई सम्झेर स्वागत सम्मान पाएको भन्दै खशी व्यक्त गरे । उनले सम्मान कार्यक्रम आयोजना गर्ने जिल्ला घेदुङ धनकुटा, हिमाली वौद्ध पाठशाला र गुम्वा परिवारलाई धन्यवाद् थिए ।

- Dhankutapress