Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

‘सम्मान मिस लिम्बू -२०७९’ को काठमाडौं अडिसनमा १३ जना छानिए

  •   ४ वर्ष अघि | ७ फाल्गुन २०७९, आइतवार

धनकुटा प्रेस सम्वाददाता 

काठमाडौं/‘मिस लिम्बू’को पाँचौं संस्करणका लागि काठमाडौं अडिसनबाट १३ जना छनोट भएका छन् । आइतबार काठमाडौंको अनामनगरमा भएको अडिसनमा १३ जना छनोट भएको आयोजक संस्था याक्थुङ युथ एशोसिएसन (वाईवाईए) ले जनाएको हो ।

काठमाडौं अडिसनबाट फुङ्निमा योङ्हाङ– पाँचथर, साम्माङ थाम्सुहाङ– पाँचथर, एलिना तुम्बापो–बिर्तामोड झापा, ममता आङ्बो–पाँचथर, गंगा सेम्बु लिम्बू– ताप्लेजुङ, निरुता लिम्बू– तेह्रथुम, अस्मिता मादेन– ताप्लेजुङ, जमुना सेम्बु लिम्बू– ताप्लेजुङ र सुस्मा इम्सोङ लिम्बू– तेह्रथुम छनोट भएको कार्यक्रम संयोजक एवं गायक रुकमान लिम्बूले जानकारी दिए ।

त्यस्तै, डिजिटल अडिसनमार्फत चार जना छनोट भएको उनले बताए । उनका अनुसार मुन नाल्बो– सिक्किम, कल्पना लिङ्खिम– ताप्लेजुङ, याङ्चुली खापुङ– तेह्रथुम र सुम्निमा खापुङ– तेह्रथुम डिजिटल अडिसनमार्फत छनोट भएका छन् ।

काठमाडौं अडिसनमा कोरियोग्राफर जयन सुब्बा मानन्धर, गायक डम्बर नेपाली, वाईवाईएका सल्लाहकार आशा नेम्बाङ, नेपाल पत्रकार महासघ काठमाडौं शाखाका अध्यक्ष सुर्य सुवेदी, छाँयाकार एवं निर्देश्क भुपेन्द्र तुम्बाहाङ्फे, मिस लिम्बू–२०१५ विष्णु चेम्जोङ र तेह्रथुमे ढाका बुटिककी सञ्चालक निर्मला आङ्बुङ निर्णायक रहेका थिए ।

यसअघि धरान अडिसनबाट १४ जना छनोट भइसकेका छन् । धरान र काठमाडौं अडिसन गरी ‘सम्मान मिस लिम्बू–२०७९’ मा २७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

आयोजक संस्थाका अध्यक्ष एवं गायक भिम लिम्बूका अनुसार अघिल्ला संस्करणहरु भन्दा यसपाली भव्य र सभ्य रुपमा मिस लिम्बू आयोजना गर्ने तयारी भइरहेको छ ।

प्रतियोगिताको शीर्ष विजेताले नगद ५० हजारसहित स्कुटी पाउने छन् भने हङकङ भ्रमणको समेत अवसर दिइनेछ । त्यस्तै, फस्ट रनर्सअपले एक लाख र सेकेन्ड रनर्सअप विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । ‘सम्मान मिस लिम्बू–२०७९’को ग्राण्डफिनाले आगामी चैत ११ गते शनिबार राजधानीको नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्पन्न हुँदैछ ।

  • Dhankutapress

थप