Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटामा किराँत याक्थुङ चुम्लुङको भवन (हिम) बन्दै

  •   ४ वर्ष अघि | ६ पुस २०७९, बुधबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/किराँत याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति धनकुटाले धनकुटा नगरपालिका वडा नं.५ कर्मिटार स्थित् फनपार्क नजिकै चुम्लुङ भवन (हिम) निर्माण गरिहेको जनाएको छ ।

आर्थिक वर्ष ०७८/०७९ देखि निर्माण कार्य थालिएको चुम्लुङ भवन (हिम) को हालसम्म १ तला ढलाई गरिएको छ । कार्यक्रम गर्ने एउटा हल सहित १२ कोठाको १ करोड ८० लाखको स्टमेटमा भवन निर्माण भैरहेको समितिका सचिव डम्वर खवाहाङ्गले जनाकारी दिए । उनले हालसम्म भवन निर्माणको लागि नेपाल सरकारको संस्कृति मन्त्रालयबाट आ.व.०७८/०७९ मा अनुदान प्राप्त १५ लाख, २९ हजार, किराँत याक्थुङ चुम्लुङ हङ्गकङ्गबाट २ लाख, ५० हजार प्राप्त भएको वताए । 

त्यसैगरी आ.व.०७८/०७९ मा धनकुटा नगरपालिकाबाट २ लाख, कियाचु जापनवाट १ लाख, ७ हजार, वराहिनवाट १ लाख, ४४ हजार नगद प्राप्त भएको छ । यता किराँत याक्थुङ चुम्लुङ नगर समिति धनकुटाले भवन निर्माण गर्न ३ लाख, ५० हजार नगद जुटाएको छ । त्यसैगरी छथरजोरपाटी गाउँपालिका वडा नं.३ घर भै हाल हङ्गकङ्गमा वसोवास गरिरहेका पितम खजुम पारघरीले २ लाख, ६८ हजार, ७ सय, ५० भवन निर्माणको लागि आर्थिक सहयोग गरेको सचिव खवाहाङले वताएका छन् । 

उता धनकुटाको हात्तिखर्क घर भै हाल युकेमा वसोवास गरिरहेका विश्वासदिप तिगेला खेवाले २ लाख, ६८ हजार, ७ सय ५०, छथरजोरपाटी–३ घर भै हाल यूकेमा वसोवास रहेका लोकेन्द्र तुम्वाहाङले २ लाख, ६८ हजार, ७ सय, ५० आर्थिक सहयोग गरेको निर्माण समितिका पुर्व अध्यक्ष घनेन्द्र तुम्वाहाङले वताए । त्यसैगरी छथरजोरपाटी–३ स्थायी घर भै हाल यूकेमा वसोवास रहेका प्र्रेम खजुम पारघरीले २ लाख,६८ हजार, ७ सय ५० गरी जम्मा चार जनाको सहयोग रकम १० लाख, ७५ हजारले भवनमा महिला÷पुरुष शौचालय सहित ४ वटा कोठा  निर्माण गरिएको तुम्वाहाङले जानकारी दिए । 

हालसम्म चुम्लुङ भवनमा ४० लाख भन्दा वढी खर्चेर एउटा हल, ४ वटा कार्यालय संचालनको लागि कोठा र महिला पुरुषको छुट्टाछुट्टै शौचालय निर्माण गरिएको किराँत याक्थुङ चुम्लुङका केन्द्रिय सदस्य हेमकुमार आङ्गलाले जानकारी दिएका छन् । उनले रकम अभावको कारण चुम्लुङ धनकुटाले निर्माण गरिरहेको २ तले भवन अधुरो नै रहेको वताए । आङ्गलाले भवन निर्माण कार्य पुरा गर्नको लागि आवश्याक रकम सहयोग गर्न दाताहरु र स्थानिय सरकारलाई विशेष आग्रह पनि गरेका छन् ।

  • Dhankutapress

थप