Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

भीमदल गण धनकुटाले बक्रकुण्ड मन्दिरलाई ७ वटा बेञ्च हस्तान्तरण ग¥यो

  •   ३ वर्ष अघि | १२ कार्तिक २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/भीमदल गण धनकुटाले हिलेमा रहेको बक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिरमा उपयोग गर्ने गरी ७ वटा वेन्च हस्तान्तरण गरेको छ । 

मन्दिर व्यवस्थापन समिति अध्यक्ष लालचन्द्र गोङवा तामाङलाई कार्यक्रमका प्रमुख अतिथि श्री २ नं बाहिनी अड्डाका बाहिनीपति सहायक रथि महेश कुमार थापाले शुक्रवार हस्तान्तरण गरेका हुन् ।

वेन्च हस्तातरण पछि बाहिनीपति सहायक रथि महेश कुमार थापाले ऐतिहासिक धरोहर एवं साँस्कृतिक सम्पदाहरुको संरक्षण, सम्वद्धन र प्रवद्धनको लागि नेपाली सेनाले निरन्तर काम गर्दै आइरहेको बताए । उनले यस्ता समाजिक कार्यबाट नेपाली सेना र जनता बीच सुमुधुर सम्बन्ध कायम गरी राष्ट्रिय एकतालाई मजवुत बनाउन टेवा पु¥याउने बताए । 

साथै, उनले अझ आगामी दिनमा बक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिरको महत्व बढाई धनकुटा जिल्लाको धार्मिक पर्यटन विकास गर्न सहयोग पुग्ने आशा लिएको बताए ।  कार्यक्रममा भीमदल गण धनकुटाका गणपति सुमन थापाले मन्दिर परिसरमा भक्तजनलाई थकाईमार्न र दर्शनार्थिहरुको विश्रामको लागि सहयोग पुगोस भन्ने हेतुले सकलदर्जाहरुबाट ७ वटा वेन्च निमार्ण गरि हस्तान्तरण गरिएको जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल लगायतले मन्तव्य राखेका थिए ।


  • Dhankutapress

थप